धनगढी ,२६बैशाख
धनगढीकी कोरोना संक्रमित महिला पनि सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी छिन्। लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको सेती अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए। ३५ दिनदेखि अस्पतालमा उपचाररत धनगढी उप- महानगरपालिका वडा न.५ कि ३४ वर्षीया महिलाको ६ पटक सम्म स्वाब परिक्षणमा कोरिना पोजेटिभ आएको थियो। त्यसपछिको दुई पटकको परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।
उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने सेती अस्पतालबाट यसअघि डिस्चार्ज भईसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्।
नेपालभरी अहिलेसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३१ पुगेको छ भने हाल १०२ जना सन्क्रमित भएका छ्न।