१६,वैशाख कैलाली ।
कैलालीकी ३४ बर्षकी कोरोना संक्रमित महिलाको पाचौं रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ ।
२५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । कैलालीको पहिलो सन्क्रमित २९ वर्षको यिनी भाउजू हुन।
अहिलेसम्म सेती प्रादेशिक अस्पताल धनगढीमा ५ जनामा कोरोना संक्रमण देखिएको थियो। केही दिन अगाडि मात्रै ४ जना निको भएर घर फर्की सकेको छ र यी महिलाको आइसोलेसन कक्षमा उपचार भइ रहेको अस्पतालका प्रवक्ता डा .जगदीश जोशीले जानकारी दिनु भएको छ।