धनगढी, ७ साउन २०७९
सेती प्रादेशिक अस्पतालमा डा. मोहन नाथको नेतृत्वमा आर्थोस्कोपिक सर्जरी पुनः सञ्चालनमा आएको छ।
केही वर्ष पहिले अर्थोपेडिक सर्जन डा. प्रमोद जोशीको नेतृत्वमा आर्थोस्कोपी सर्जरीको शुरुवात भएको थियो। डा. जोशीले भारतको नयाँदिल्लीबाट आर्थोस्कोपी सर्जरी सम्बन्धि फेलोसिप गरेर सुदुरपश्चिम प्रदेशमा पहिलो पटक यो सेवाको शुरुवात गर्न सफल भएका थिए। डा. जोशीले धेरै बिरामीको आर्थोस्कोपी सर्जरी गरिसकेका छन्।
बिहिबार बायाँ घुडाको संक्रमण भएर आएका धनगढी-१ कैलालीका ५५ बर्षका पुरुष भक्त रानाको आर्थोस्कोपिक बिधिबाट शल्यक्रिया गरिएको अर्थोपेडिक सर्जन डा. नाथले बताए।
बिरामीको बायाँ घुँडाको आर्थोस्कोपिक लभाज गरिएको छ। अर्थस्कोपि दुर्बिनको माध्यमबाट गरिने शल्यक्रिया बिधि हो।
यो सर्जरी अर्थोंपेडिक सर्जन डा. मोहन नाथले गरेका हुन् र साथमा डा. लतित चौधरी पनि रहेका थिए। यस्तैगरी एनेस्थेसियामा एनेसथेसीयोलोजिष्ट डा. नितेश काफ्ले, डा. क्षितीज बिक्रम शाही थिए भने नर्समा अंजु भट्ट, गीता बिष्ट, निर्मला महरा र रमैया चौधरीको टीम रहेको थियो।
यस प्रबिधिबाट बेशेष गरि घुँडा, कुम तथा अन्य जोर्नीहरूको नसा (लिगामेन्टको इनजुरी)चोट संगै अरु रोगहरूको उपचार गरिने पनि डा. नाथले बताए।
डा. नाथका अनुसार हामीले केही वर्ष पहिले देखि बन्द रहेको यो शल्यक्रिया वा प्रविधिको पुनः सञ्चालन गरेका छौँ र अब यो सेवालाई निरन्तरता दिईने छ। बिरामीलाई यो सेवा लिन नेपालगंज, काठमाडौं लगायत अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो। जुन अब सुदुरपश्चिम प्रदेशको एक मात्र अस्पताल सेती प्रादेशिक अस्पतालबाट सेवा लिन सकिने भएको छ।