धनगढी, १९ असार २०७९
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले पुनः डायलासिस सेवा सञ्चालन गरेको छ। अस्पतालले नवनिर्मित भवनबाट १२ शैय्याको डायलासिस सेवा शुरु भएको छ।
अस्पतालमा अहिले सेवा नियमित सञ्चालन भइरहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए। डायलासिस पुनः सञ्चालन आए सँगै अब धनगढीमै मृगौला पिडितलाईसमेत सेवा लिन सहज हुनेछ।
यसअघि भने मृगौला पीडितहरू डायलासिस लागि भारत तथा काठमाडौं जान बाध्य थिए ।