धनगढी, १२ असार २०७९
धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृत र केही जना स्टाफ नर्स माग गरेको छ ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदमा ३५ जना चिकित्सक र ८ जना स्टाफ नर्स माग गरेको हो ।
उक्त जनशक्ति करार सेवामा माग गरेको हो। अस्पतालले इच्छुक उम्मेदवारबाट १५ दिनभित्र आवेदन आव्हान गरेको छ।