धनगढी, ११ बैशाख ।
सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी कोरोना भाइरसबाट संक्रमित कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवाकी ५२ वर्षीय पाना बिक आज अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
उनी सञ्चो भएर घर फर्किने कोरोना भाइरसबाट संक्रमित चौथौ व्यक्ति हुन् ।
आज साँझ साढे पाँच बजे सेती प्रादेशिक अस्पतालले उनलाई सञ्चो भएपछि डिस्चार्ज गरेको हो ।
अस्पतालका प्रवक्ता डा. जगदिन जोशीले पछिल्लो २४ घण्टामा उनका दुई वटै नमूनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिए ।
चैत १७ गते ३५ जना सहित बिरगञ्ज बसबाट कैलालीको लम्कीस्थित घर आईपुगेकी ति महिलाको रिपोर्ट पोजिटिभ देखिएपछि बैशाख १ गते देखि सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेकी थिईन ।
उनी १० दिन लामो उपचारपछि आज घर फर्किन पाउदा अत्यन्त खुशी थिईन । यति छोटो अबधिमा उपचार पछि सञ्चो भएर घर फर्किने उनी पहिलो संक्रमित हुन् ।सेती प्रादेशिक अस्पतालमा अव एक जना संक्रमित मात्र उपचारमा छिन् ।