निजीलाई पनि सुरक्षा देउ सरकार, अनि काममा पठाउ

✍️डा.किशोर खत्री ,अस्पताल प्रमुख ,नवजातशिशु तथा बालरोग विशेषज्ञ तुल्सी हस्पिटल, दाङ

कोरोना भाइरसको संक्रमण संगै मौसमी रुघाखोकी पनि दिन प्रतिदिन बढिरहेको छ। यो मौसम परिवर्तन बेला कोरोनाको संक्रमण हो भन्ने स्थिति मात्र पनि छैन। विश्वब्यापी महामारी फैलिएको बेला सरकारले सरकारी अस्पतालले मात्र काम गरेको र निजि अस्पतालले काम गरेको छैन भन्ने अवस्था पनि छैन।

यो समयमा चिकित्सक र स्वास्थ्यकर्मीहरुले २४ घण्टा काम गरिरहेको अवस्था छ । स्थानिय, प्रदेश र संघिय सरकारकाे सहकार्यमा कमि, प्राविधिक भन्दा राजनीति हावि हुनु र निर्णय तथा नीति बनाउनेमा प्रत्यक्षरुपमा चिकित्सकहरुकाे सराेकार तथा जिम्मेवारी नदिएर पनि हाे ।

अहिले बजारमा सुरक्षाका लागि चाहिने PPE छैन, निजि अस्पतालले चाहेर पनि किन्न पाएका छैनन् । अनि सरकारले सरकारी अस्पताललाई प्रयाप्त मात्रामा पिपिइ दिन सकेकाे छैन।

यस्तो जटिल अवस्थामा पनि स्वास्थ्यकर्मीहरुले सेवा दिन जरुरी छ।सरकारी अस्पतालमा पनि पिपिइको अभाव छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको बाजि राखेर बिना हतियार ड्युटीमा खटिनुपर्ने बाध्यता छ।

अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा हाे काेराेना परिक्षण । जुन बिमारीकाे शंका गरिन्छ, त्यसलाई के कसरी उपचार गर्ने भन्ने तर्फ चिकित्सक तथा स्वास्थ्यकर्मीहरु लागिरहेका छ्न । हामी सबै डाक्टर तथा स्वास्थ्यकर्मीले काम गरि रहेका छौं ।

तर हाम्रो घरमा नि बच्चा र परिवार छ, बुढा अामा बुबा हुनुहुन्छ । हामीले अस्पतालबाट घरमा भाईरस लिएर अाउन सकिन्छ तर सुरक्षा अपनाएर काम गरिरहेका छौँ ।त्यसैले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुरक्षाका सामग्री (पिपिइ लगायत अन्य सामग्री )उपलब्ध गराउनु पर्छ।

बिदेशबाट आएका सन्क्रमितको आशन्का गरिएका प्रत्येक नागरिकले आफुलाई सेल्फ क्वारेन्टाइनमा बस्नु जरुरी छ।र खतराका लक्षण देखापर्ने बित्तिकै सुरक्षितका साथ नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न जरुरी छ।

हामी सबै मिलेर कोरोना विरुद्ध एकजुट भएर लडाैँ। सुरक्षा दिलाउने पहल गराै ।।

Related Posts

No Content Available
Next Post
ADVERTISEMENT