रौतहट, २२ माघ २०७९
✍️ राजेश शाह
रौतहट जिल्लाकाे चन्द्रपुर नगरपालिका अन्तर्गत आज रहेको श्री मा. बि जुडीबेला, श्री महेन्द्र मा. बि. रैयाटोल, श्री नेपाल राष्ट्रिय आधारभूत खैराहा, लगायतका बारा जिल्लाको नेपाल राष्टिय आधारभुत नितनपुर, श्री नेपाल राष्ट्रिय मा. बि. चक्क्री लगायतका विद्यालयमा WASH in School परियोजना अन्तर्गत बाल क्लबका बालबालिकाहरू द्धारा समुदाय स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता अभियान गरीएको छ।
यस कार्यक्रम अभियानको रुपमा बालक्लबका अध्यक्ष श्री विवस दुलाल (श्री महेन्द्र मा. वि. रैयाटोल), श्री सागर उप्रेती (श्री मा. वि. जुडिबेला), श्री अनिल दास(श्री ने. रा. आधारभूत वि. खौराहा चन्द्रपुर, श्री जितेन्द्र सहनी (श्री ने.रा. आधारभूत वि. नितनपुर), श्री बधे थिङ्ग (श्री ने.रा.आधारभूत वि.), जितपुरसिमरा र बाल क्लबका सदस्य बालबालिकाहरूले समुदाय रहेको शौचालय अनुगमन गरी सो को सरसफाइ भएको शौचालयमा पुरस्कारको रुपमा साबुन बितरण र सरसफाइ नभएको खण्ड आफै सरसफाइ गरेर जनचेतना गरेको छ। बालबालिका हरूबाट करेसा बारी बनाएको पनि देखियो।
सो कार्यक्रममा युनिसेफ – स्थानिय पालिकाको आर्थिक सहयोग तथा छायाँ नेपाल र पि.पि.सी धनुषाको सहकार्य मा ३ स्टार स्कुल निर्माण कार्य पनि भईरहेको छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापाके जानकारी गराउनुभयो ।
साथै यस UNICEF WASH परियोजनाका Province Officer बोध नारायण श्रेष्ठ र अफिसर सुनिता सुम्पे द्वारा WASH in School परियोजना मार्फत विधालय देखि समुदाय सम्म स्वच्छता अभियान चलाइ SDG-6 गोललाई लक्षित गरी परियोजना गरिएको जानकारी गराउनु भएको छ ।यस कार्यक्रममा परियोजनाका टिम लिडर राम महर्जन, ई.आशिष सिहं, मगंल दाश दुवाल, दिनेश भगत तथा सुदिप मण्डल, प्रतिक आचार्य, मनोज पटेल, प्रधानाध्यापक, स्टाफ नर्स, वि.व्य.स., WASH फोकल शिक्षक लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।