पाल्पा, ११ कार्तिक २०८०
श्री रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाका भुतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्नो हजुरबुबा र हजुरआमाको सम्झनामा महाअष्टमीको दिन दशैं तिहार तथा छठ पर्व र नेपाल संम्बत ११४४ को अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा स्मृति छात्रवृत्ति कोषको स्थापना गरेका छन्।
उनले स्वर्गीय हजुरबुबा कलाधर कंडेल र आमा खगी कुमारी कंडेलको स्मृतिमा कलाधर खगी कुमारी कंडेल स्मृति छात्रवृत्ति कोषको स्थापना गर्नु भएको हो र उक्त कोषको व्याजबाट विधालयको वार्षिकोत्सबमा कक्षा १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीमध्ये एक छात्रा र एक छात्रले उक्त छात्रवृत्ति पाउने भएका छ्न।
साथै अध्यक्ष कंडेलले यस अघि पनि सोही बिधालयमा गरिब तथा जेहेन्दार विद्यार्थीको लागि भनेर तीन वटा विभिन्न शिर्षकमा छात्रवृत्ति कोषको स्थापना गरिसकेका छ्न।
१. तारानाथ तिलमाया कंडेल सम्मान छात्रवृति कोष
२. सलोनी शंकल्प स्नेह छात्रवृति कोष
३. कल्पना गौतम कंडेल स्नेह छात्रवृति कोष र अर्को विद्यालय श्री दरै ठाटी माबिमा तिलमाया तारानाथ कंडेल सम्मान छात्रवृति कोषको स्थापना भई सकेको छ।
श्री शालिकराम कंडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा साम्सद श्री राजु प्रसाद श्रेष्ठ रहनुभएको थियो।
साम्सद श्रेष्ठले विद्यालयमा भुपु विधार्थी संगठित हुनु राम्रो कुरा हो भन्दै रामपुरमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सबैको सहयोगको आवश्यकता रहेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।
मंचका सदस्य महेश पौडेलको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन मंचका सचिब बिष्णु प्रसाद रेग्मीले गर्नु भएको थियो।
उक्त कार्यक्रममा भुपु विधार्थी सन्दिप राना, नारायण काफ्ले, रामपुर ५ का वडा अध्यक्ष दुर्गा पोखरेल, वडा न. ६ का वडाध्यक्ष्य दिबाकार देबकोटा, सोहि विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, दरै ठाटी मा. बि. विजयपुरका प्रधानाध्यापक सुन्दर प्रसाद देबकोटा, गंगा मा. बि का प्रधानाध्यापक देबराज देबकोटा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।
अध्यक्ष कंडेलले ५१५३१/- बराबरको कलाधर खगी कुमारी कंडेल स्मृति छात्रवृति कोषको स्थापना गर्नुभएको हो
साथै अध्यक्ष कंडेलले आफ्नो कमाईबाट सानै रुपमा भएपनि समाजमा सहयोग होस् भनि अबका दिनमा पनि यस्ता प्रयासहरु जारी नै रहने बताउनुभयो ।