काठमाडौं , २७ असार
शनिबार पछिल्लो चौविस घण्टामा देशभर थप ७० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ७०जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। देशभरका ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा थप ४३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ४४२ पुगेको छ ।
देशभरका २५ वटा प्रयोगशालामा २४ घण्टामा ३ हजार ६४८ वटा पीसीआर बिधिबाट परीक्षण भएको छ ।
देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ८ हजार २३९जना उपचाररत छन् । भने क्वारेनटिनमा २४ हजार ९७ जना रहेका छन् ।कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचारका क्रममा दुबैको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं मेडिकल कलेज सिनामंगलस्थित गोकर्णेश्वरका ४५ वर्षका पुरुष , पाटन अस्पतालमा उपचार गराईरहेका सिन्धुपाल्चोकका ४५ बर्षका पुरुष र काठमाडौँ शंखमुलका ६० पुरुष क्रमश गत विहीबार र शुक्रबार मृत्यु भएको हो । यो संगै कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
प्रवक्ता डा गौतमले शंखमुलकका विरामी मिर्गौला र फोक्सोमा पानी जम्ने समस्या भएको बताए । गत १६ असारमा अस्पताल भर्ना भएका उनको १७ असारमा परीक्षण गर्दा कोरोना पोजेटिभ भएको पाइएको थियो ।
यस्तै सिन्धुपाल्चोक पाँच पोखरी ६ ठेगाना भएका ४५ बर्षका पुरुष क्षयरोगको उपचारका लागि पाटन अस्पताल पुगेको र उनको परीक्षणका क्रममा २२ असारमा कोरोना पुष्टि भएको र उनको २५ असारमा मृत्यु भएको हो ।