धादिङ ,१८ माघ २०७७
जिल्ला समन्वय प्रमुख श्री जगन्नाथ नेपाल ज्यूको प्रमुख आतिथ्यतामा तथा सिद्धालेक गाउँपालिका अध्यक्ष श्री प्रेम नाथ सिलवाल ज्यूको विशिष्ट आतिथ्यता लगायत उपाध्यक्ष,वडा अध्यक्ष , कार्यालय प्रमुख, स्वास्थ्य संयोजक लगायत अथितिहरुको उपस्थितिमा सिद्धलेक -४ मा नागरिक आरोग्य सेवा केन्द्रको आइतबार औपचारिक शुभारम्भ भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जगन्नाथ नेपालले आधुनिक चिकित्सा पद्धतिको सट्टा हाम्रै गाउँघरमा वरपर रहेका जडीबुटीहरूको प्रयोग गर्नुपर्ने साथै यस नागरिक आरोग्य सेवा केन्द्रले प्रदान गर्ने सेवाहरु जनताले पूर्ण रुपमा लिनुपर्ने जसबाट मात्र आरोग्य प्राप्त गर्न सकिने कुरा बताउनुभयो।
त्यसैगरी विशिष्ट अतिथि प्रेमनाथ सिलवालले यस केन्द्रको संरक्षण र सबैमा यसपालिकाले आवश्यक सहयोग प्रदानका साथै यस आयुर्वेद चिकित्सा पद्धतिलाई प्रवर्द्धन गर्ने बताउनुभयो।

कार्यक्रमका सभापति जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख गोकुल पराजुलीले यस नागरिक आरोग्य सेवा केन्द्र प्रदेश कार्यालयको बजेट(संघीय शसर्त अनुदान) मार्फत स्थापना भएपनि स्थानीय सरकारको पूर्ण साथ र सहयोगबाट मात्र संस्था प्रभावकारी ढङ्गबाट सञ्चालन हुन सक्ने र सबैको साथ सहयोगको लागि अपिल गर्नुभएको छ।
कार्यक्रमको सहजीकरण जिल्ला आयर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी प्रकाश सापकोटाले गर्नु भएको थियो।
 
			 
 
    	 
			
 

 










 



 
                