चितवन १९ असार
भरतपुर महानगर पालिका गुन्जानगर १८ चितवनको पश्चिम भूवनवस्तीमा स्थापित रोयल सासा फर्मास्युटिकल्सले औषधि उत्पादन सुरु गरेको छ । झन्डै ५० करोड रुपैयाँको लागतमा स्थापित भएको छ ।उक्त कम्पनीले २४ प्रकारका औषधि उत्पादन गर्नेछ। रोयल सासाका कार्यकारी अध्यक्ष रञ्जन थापाका अनुसार बिहीबारदेखि केही औषधिको परीक्षण उत्पादन सुरु गरिएको हो।
थापाका अनुसार यसले मुख्य गरेर एन्टिबायोटिक औषधिलाई लक्ष्य गरेको छ। उत्पादनमा अत्याधुनिक प्रविधिको मेसिन जडान गरिएको छ। यसको बर्सेनि १५ करोड ट्याबलेट, ५० लाख क्याप्सुल, ५० लाख ट्युब मलम, ६० लाख पुरिया जीवनजल र २५ लाख बोतल ड्राई सिरप उत्पादन गर्न सक्ने क्षमता छ।
कम्पनीका कार्यकारी निर्देशक अर्जुनप्रसाद पौडेलले ६ महिनाको परीक्षणपछि व्यावसायिक उत्पादन गरिने जानकारी दिए। पौडेलले भने , कम्पनीले ट्याब्लेट , क्याप्सुल, मलम , ड्राइ सिरप तत्काल बजारमा ल्याउने र आँखा ,नाक र घाँटीको केही समय पछि ल्याउने योजना बनेको छ।
मुलुकको मध्य भाग र मेडिकल हब भएकाले चितवनबाट उत्पादन सुरु गरेका हौं’, थापाले भने, ‘दुई वर्षभित्र विश्व स्वास्थ्य संगठनको गुणस्तर मापदण्डको जीएपी प्रमाणीकरण पाउने गरी काम गरेका छौं।’ स्तर मापदण्डलाई सबैभन्दा बढी लक्षित गरिएको प्राविधिक कन्सल्ट्यान्ट राजेन्द्र चौधरीले बताए। कम्पनीले बिश्वब्यापी महामारीको समयमा पनी उत्पादन परिक्षण गर्न सफल भएको छ।