काठमाडौं : साउन
रोटरी कलब अफ काठमाडौं मिडटाउनले यहि असार १६ गते २०१९/२० को कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको छ । संगसंगै बैशाख देखि कलब सदस्यहरुद्वारा नेतृत्व गरिएको बहु-सामुदायिक सेवा परियोजनाले कोभिड महामारी राहत योजनाहरु पनि देशभरी नै संचालन गर्यो । कलब सदस्यहरुले ZONTA कलब संगको सहकार्यमा दैनिक ज्यालादारी मजदुरहरु र श्रमिकहरुलाई आवश्यक खाद्यान्न र स्वास्थ्य सामग्रीहरुमा सहयोग पुर्यायो । त्यस्तै क्लबले अस्पतालहरुलाई व्यक्तिगत सुरक्षात्मक साधन [PPE] र मातृ-स्याहार सेटहरूमा पनि सघाउ पुर्यायो । व्यक्तिगतरुपमै पनि कलब सदस्यहरु काठमान्डौका बिबिध क्षेत्रहरु जस्तै बृदा-महिला आश्रमहरु पुगेर नगद, जिन्सी तथा अन्य अति-आवश्यकीय सामाग्रीहरु राहत बितरणमा योगदान दिनु भएको थियो ।
शिक्षाका लागि ग्लोबल अनुदान [पहिलो पाइला हिमालय ] र हालसालै सम्मानित स्नेक बाइट प्रोजेक्ट [सर्पको डसाइ योजना] यसका प्रमुख कार्यक्रमहरु हुन् । यस योजनाले तराइका क्षेत्रहरुमा सर्पको टोकाई बाट बच्ने तथा टोकेको खण्डमा गरिने प्राथमिक उपचारहरुको बारे जनचेतना अभियानहरु चलाउदै आएको छ ।
स्वार्थ भन्दा सेवा सदैब माथि हुन्छ भन्ने मूल नारा बोकेको रोटरी संस्था विभिन्न क्षेत्रहरुमा आवद्द सदस्यहरुको स्वयंसेवी सस्था हो जुन सामुदायिक सेवमा समर्पित छ । विश्वभरी नै यसका १.२ मिलियन सदस्यहरु छन भने नेपालमा १२४ कलब सहित ५००० भन्दा बढी सदस्यहरु छन ।
यसबाट संचालित कार्ययोजनाहरुका लागि यसले विशेषतह ४ प्रश्नहरुको उत्तर खोज्ने प्रयास गर्छ;
के यो सत्य छ ? के सबैका लागि निरपक्ष छ ?
के यसले सद्भावना र मित्रवतलाइ समेट्छ ?
के यो सम्बन्धित सबैलाइ लाभादायिक हुन्छ ?
यो एउटा स्वयंसेवी सस्था भएकाले रोटरी सदस्यताको उदेश्य नै आफ्नो स्वेच्छाले नगद, पेशागत, तथा कलबका बिभिन्न कार्यक्रमहरु/योजनाहरु र अन्य गतिविधिहरुमा समय दिन सक्ने कटिबद्द सदस्यहरुको सस्था निर्माण गर्नु हो । क्लबले मानार्थ सदस्य कुलमान घिसिङ्ग सहित ७ सदस्यहरुको पनि तय गरेको छ । यसले बिभिन्न अन्तरास्ट्रिय सस्थाहरु जस्तै संयुक्त राष्ट्र संघ, दुतावासहरु, नागरिक समाजहरु, मेडिकल, शैक्षिक, व्यवसायिक तथा कानुनि क्षेत्रमा आफ्नो प्रतिनिधित्व गर्ने गर्दछ । प्रख्यात व्यक्तिहरुसंग महत्वपूर्ण संवाद, छलफलका सेसनहरु पनि गर्नेगर्दछ । बिगतका बर्ष देखि रोटरी क्लब अफ काठमान्डौ मिडटाउनले १० भन्दा धेरै परियोजनाहरुमा संलग्न हुदै आएको छ । युवाहरुका लागि व्यवसायिक दक्षता अभिबृदी तथा भोकेसनल तालिमहरु प्रदान गर्ने यसले मुख्य जोड दिएको छ । यसका लागि जेभिएर एकेडमी, सिल्भर माउन्टेन स्कुल, दया फाउन्डेसन, आर्ट अफ लिभिङ्ग फाउन्डेसन, र ३२९२ जिल्ला रोटरी संग सहकार्य गर्दै आएको छ ।
रोटरी क्लब अफ काठमान्डौ मिडटाउनकि ३० औ निबर्तमान अध्यक्ष निभा माथेमा प्रधानले आफ्नो कार्यकाल जुलाई १ २०१९ देखि कार्यभार समाल्नु भएको थियो । २०२० जुलाई २० को हात्तिगौडाको ३१ औ भर्च्युयल इन्स्टलेसनबाट उहाले अवकासप्राप्त लेफ्टिनेंट जनरल कृष्ण नारायण थापालाई आफ्नो जिम्मेवारी सुम्पदै बधाई पनि दिनु भयो जुन कार्यक्रम ३२९२ जिल्ला रोटरीहरु बाट ६४ सहभागीहरु उपस्थित थिए । उक्त कार्यक्रममा नव निर्वाचित गभर्नर राजिब पोख्रेलले उत्प्रेणात्मक संदेश दिदै सामाजिक सेवालाइ नया उचाईमा प्रुयाउनुपर्ने भन्दै सबैलाई प्रेरणा दिनुभयो । ए.जी सुनिल तुलाधरले थप कुराहरु राख्दै टिमलाइ हौसला प्रदान गर्नु भयो ।
क्लबलाई समुदायमा अझ बिस्तार गर्न बिभिन्न सघ सस्थाहरु संग सहकार्य गरि चालु योजनाको निरन्तरता तथा अन्य नबिन सोचहरुलाई जोड दिनु यसको उदेश्य हो । अर्थपूर्ण सहकार्य, समन्यव, र उचित कार्ययोजनाहरु अनुरुप नया बर्षका नया योजना अगाडी सारिने छ ।