काठमाडौं, १५ कार्तिक २०७९
नेपाल र्युम्याटोलोजी संघले डा. अरुण कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको चौथो साधारणसभाले बाथरोग विशेषज्ञहरुको कार्यसमिति बनाएको हो।

कार्यसमितिको उपाध्यक्षमा डा. दीपा शाह, महासचिवमा डा. बिनित बैद्य, सचिवमा डा. केशवराज सिग्देल, कोषाध्यक्षमा डा. श्वेता नकर्मी, सहकोषाध्यक्षमा डा. श्रीजु वैद्य चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरुमा डा. दिपेश शाक्य, डा.सुधिर कर्माचार्य, डा. उज्जव प्रसाद रिसाल, डा. प्रयुश शर्मा, डा. साकेत झा, डा.धर्मागत भट्टराई र डा. लक्की शर्मा चयन भएका छन्।
यसअघि संघको अध्यक्षमा डा. बुद्धि पौडेल हुनुहुन्थ्यो ।