काठमाडौं, १३ साउन २०८१
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुको संस्था ‘नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन (एनआरडिए)’मा डा. उत्तम चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
उपाध्यक्षमा डा. होमेन्द्र साह, सचिवमा डा. विभाग लाल, कोषाध्यक्षमा डा. श्वेता कर्ण र सहसचिवमा डा. अनुमेश दाहाल चयन भएका छन्।
सदस्यहरुमा डा. आशिष अधिकारी, डा. रोशन गैरे, डा. मनिष आचार्य, डा. राजेश भट्ट, डा. निखिल रञ्जन दास, डा. राजन ज्ञवाली, डा. सौगात निरौला र डा. विशाल पन्थी चयन भएका छन्।