काठमाडौं, १७ भाद्र २०८०
डा. कपिल गौतमको अध्यक्षतामा रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (रान) २०२३ को नयाँ कार्यसमिति चयन भएको छ।
यस्तै उपाध्यक्षमा डा. निश्चल बाबु न्यौपाने, सचिवमा डा. अमृत पन्थी र कोषाध्यक्षमा डा. बसन्त राज जोशी निर्बिरोध चयन भएका छन्।
यस्तैगरी सदस्यहरूमा डा. अनु दत्त, डा. अस्मिता आचार्य, डा. देवेन्द्र बेल्बासे, डा. कैलाश क्षेत्री, डा. कृष्ण हरि श्रेष्ठ, डा. महेश आचार्य र डा. रुबिना प्रधान रहेका छन्।
यस कार्यसमितिको कार्यकाल एक वर्षको हुनेछ।