महेन्द्रनगर , ०३ चैत्र २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढ़ीको आयोजनामा Early Warning and Reporting System सम्बन्धिको दुइ दिने तालिम सम्पन्न भएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढ़ीले प्रदेश सरकारको श्रोत बाट सुदूरपश्चिम प्रदेशमा Early Warning and Reporting System का लागि काम गर्ने १७ वटा अस्पतालका स्वास्थ्यकर्मी हरुलाइ सहभागी गराएर दुइ दिने तालिम स्वास्थ्य कार्यालय कंचनपुरको तालिम हलमा सम्पन्न गरेको छ । बिगतमा स्वास्थ्य सेवा बिभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौबाट मात्र यस प्रकारको तालिम आयोजना हुदै आएको भए पनि यस वर्ष देखि रिपोर्टिंग गर्ने अस्पतालका थप स्वास्थ्यकर्मी हरु लाइ तालिम दिएर प्रतिबेदन गर्न सक्षम हुने गरि तालिम आयोजना गरेको र निकट भविष्यमा Ealry Warning and Reporting System ले लक्षित गरेका महामारिजन्य रोगहरु तथा किटजन्य रोगहरुको प्रतिबेदन समयमै हुन् सक्ने गरि यस प्रकारको तालिमको आयोजना गरेको कुरा प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका निर्देशक श्री राम प्रसाद ओझाले जानकारी दिनु भएको छ ।
Ealry Warning and Reporting System मा नमुना को रुपमा छनौट भएका अस्पताल हरु बाट केहि लक्षित रोग देखा परेको २४ घण्टा भित्र प्रतिबेदन पठाउने गरिन्छ । जसले गर्दा महामारी हुन् सक्ने रोगहरुको सुचना समयमै सम्बन्धित निकाय सम्म पुग्ने गर्दछ र महामारी प्रतिकार्यका लागि सहयोग पुग्दछ । महामारीको तत्काल प्रतिकार्य मात्र नभई रोग लाग्ने दर र मृत्यु दर समेत घटाउन Ealry Warning and Reporting System ले मद्दत गर्दछ । नेपाल मा सन् १९९६ देखि यो रिपोर्टिंग प्रणाली बाट प्रतिबेदन पठाउने ब्यबस्था गरिएको हो ।