आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

Nam Raj Bhatta by Nam Raj Bhatta
April 22, 2021
in News
A A
4
Ministry of Health and Population Nepal

Ministry of Health and Population Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०९ वैशाख २०७८

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् ।

अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ । अस्पतालमा अक्सिजन प्लान्ट समेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दिएको छ ।

रेम्डेसिभिर समेत सहज रूपमा उपलब्ध हुन सकेको छैन । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमित उपचारमा रेम्डेसिभिर प्रयोग प्रभावकारी मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल बजारमा १३ हजार भाइल स्टक रहेको बताउँछन् । ‘३६ हजार भाइल रेम्डेसिभिर स्टकमा राख्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘रेम्डेसिभिर सहज आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको छ ।’

स्वास्थ्य मन्त्रालयले भारतले रेम्डेसिभिर आयातमा रोक लगाएको अवस्थामा बंगलादेशबाट खरिदका लागि प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा। पोखरेलले रेम्डिसिभिर आपूर्तिका लागि औषधि व्यवस्था विभागलाई निर्देशन दिइएको जानकारी दिए ।

अक्सिजन प्लान्ट समेत अभाव देखिएको गुनासो आउन थालेको छ । मन्त्रालयले ८ ठूला अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था गरिने जनाएको छ । चिकित्सकका अनुसार सास फेर्न समस्या भएका बिरामी संख्या बढ्दै गए अक्सिजन आवश्यक पर्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण रोकथामका लागि खोप, अक्सिजन प्लान्ट र रेम्डिसिभिर अत्यावश्यक मानिने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.पोखरेलका अनुसार संक्रमण बढेपछि काठमाडौं उपत्यकामा २ हजार बेड सञ्चालनमा ल्याइएको छ । ‘सातै प्रदेशमा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको छ,’ उनले भने, ‘आइसोलेसन बेड अस्पतालसँग जोडिने छन् ।’

भारतसँग सीमानाका जोडिएका १३ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । उपचारका लागि आवश्यक अक्सिजन आयात प्रक्रिया पनि अघि बढाइएको छ । काठमाडौं उपत्यका र अन्य ६ वटै प्रदेशमा गरी ४ हजार आइसोलेसन बेड तयारी अवस्थामा छन् । राजधानी दैनिकमा खबर छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Sher Bahadur PunDr.Roshan pokharelRemdesivir
Nisarga hospital Dhangadhi
Previous Post

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

Next Post

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

Related articles

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

2 days ago
790
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

3 days ago
859
दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न
News

दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न

4 days ago
801
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

6 days ago
803
१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग
News

१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग

6 days ago
807
खोज र खोप अभियानमा दक्षिणकाली नगरपालिकाले ४५ बालबालिकालाई खोप लगायो
News

खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने

7 days ago
790
Next Post
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

Comments 4

  1. Pingback: वाइल्ड र भेरिएन्ट प्रकारको कोरोना महामारी नियन्त्रणका पाँच उपायहरु • Health News Nepal
  2. Pingback: उपचारमा खटेकै मान्छे ढल्यौ भने के होला अवस्था डा. अनुप बास्तोला • Health News Nepal
  3. Pingback: होम आइसोलेसनमा सास फेर्न गाह्रो भए डा.रबिन्द्र पाण्डेका यी १६ सुझाव पढ्नुहोस् • Health News Nepal
  4. Pingback: होम आइसोलेसनमा श्वास फेर्न गार्हो भए यसो गर्नुहोस : डा. पाण्डे – Asal Kura

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.