काठमाडौं, १४ असार २०७८
कोरोना संक्रमण उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि नेशनल हेल्थ केयर फर्मास्युटिकल्स कम्पनीले पहिलो पटक बजारमा बिक्री वितरण शुरु गर्ने भएको छ।
वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि व्यवस्था विभागले रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति यही बैशाख ३१ गते दिएको थियो।
आइतबार अर्थात् असार १३ गतेका दिन सोही औषधिको Marketing License प्राप्त गरेको जानकारी प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ।
नेशनल हेल्थ केयर द्वारा उत्पादित Remdesivir को Brand Name Remsivir रहेको र प्रति भाइलको अधिकतम खुद्रा मूल्य (MRP) ३५ ०० रहेको छ। साथै यस Remsivir Lyophilized injection नेशनल हेल्थ केयर मार्केटिङ डिभिजन Otiva बाट नेपालभरि Otiva Division का Distribution हरु मार्फत उपलब्ध हुने पनि विज्ञप्ति मार्फत उल्लेख गरिएको छ।

नेपालमा पहिलो पटक रेमडिसिभिर औषधि उत्पादन शुरु, नेसनल हेल्थ केयरले पायो अनुमति