काठमाडौं, १३ कार्तिक २०७७
हाम्रो मेडि कन्सर्नले नेपालमा हालसम्मकै सबैभन्दा सस्तो ४५०० भाइल रेडमिसिभिर आज काठमाडौंमा ल्याएको छ। यो रेडमिसिभिर बंगलादेशको युएस एफडिए (US FDA) कम्पनी बेक्सिम्को फर्मास्यूटिकल्स लिमिटेडको उत्पादन हो। यो कन्सर्नले १० हजार भाइल अनुमति पाएकोमा जसमध्ये पहिलो लटको ४५०० आज काठमाडौं आइपुगेको र ५५०० भाइल एक हप्ताभित्रै नेपाल आइपुग्ने हाम्रो मेडि कन्सर्नका डाइरेक्टर शम्भु कार्कीले जानकारी गराउनु भयो।
यो रेडमिसिभिरको टेर्ड नेम बेमसिभिर हो । यसको खुद्रा मुल्य ५४०० रहेको छ, र यो नेपालमा पाइने अरु भन्दा सबैभन्दा सस्तो हो । यसै बेक्सिम्को कम्पनिले नेपाल सरकार लाइ ५५०० भाइल डोनेसन पनि दिएको थियो।














