काठमाडौं, ५ जेठ २०७८
कोरोना संक्रमण उपचारमा प्रयोग गरिँदै आएको रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन शुरु हुने भएको छ।
प्रदेश नम्बर २ वीरगञ्ज स्थित कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि व्यवस्था विभागले रेमडिसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको छ।
अहिले औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताउनुभयो । उनले औषधिको बजार बिक्रिका लागि भने अनुमति पाइनसकेको जानकारी दिए।
नेपालै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान रहेको छ।
नेसनल हेल्थ केयरका भाइस प्रेसिडेन्ट अजय पाण्डेले आज हामीले औषधि व्यवस्था विभागबाट अनुमति पाएका छौ र चाइनामा कच्चा पदार्थको लागि पहल पनि गरिसकेका छौ।
पाण्डेका अनुसार मे महिनाको अन्तिसम्ममा चीनबाट कच्चा पदार्थ आउने छ। हामीले मापदण्ड अनुसार औषधि उत्पादन सुरु गर्नेछौं। बजारमा जुन १५ तारिख सम्म प्रोडक्ट आउने प्रवल सम्भावना रहेको छ।
कच्चा पदार्थको विश्व भरि नै उच्च माग रहेकोले कोरोनाका कारण नियमित उडान हुन नसक्दा आउन अझै एक दुई हप्ता ढिलो हुन सक्ने पाण्डेले बताए।
Comments 3