बिराटनगर,१४ असोज २०७७
विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित थप एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलका अनुसार मोरंगको जहदा गाँउपालिका ६ का ६० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान करिब ४ बजे मृत्यु भएको हो।
कोरोना पोजिटिभ भएसँगै अशाेज ४ गते बिहान ११ बजे केन्द्रमा भर्ना गरिएका बिरामीमा दीर्घ रोग मधुमेह तथा उच्च रक्तचापको समसया थियो।गएको ४ दिनदेखि बिरामीमा श्वासप्रश्वासको समस्या बढ्दै गएको डा. सिग्देलले जानकारी दिए। स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि अशाेज ६ गते राति पौने ८ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको गरिएको थियो।
यसक्रमा बिरामीमा रेमडिसिभर औषधि समेत चलाउँदै आएको उनले बताए।यससँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण १९ महिला र ४९ पुरुष गरि कुल ६८ जनाको मृत्यु भएको छ।