आज मिति : २०८२ जेष्ठ १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो–डा. रवीन्द्र पाण्डे

HNN Staff by HNN Staff
August 7, 2020
in News
A A
1
प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो–डा. रवीन्द्र पाण्डे
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. रवीन्द्र पाण्डे,  जनस्वास्थ्यविज्ञ

कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने ।

सरकारी संयन्त्रको आरोप छ – नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धोएनन्, जनता अनुशाशित बनेनन् ।
नागरिकको आरोप छ – सरकारले उचित ठाउँमा परीक्षणको दायरा बढाएन, अस्पतालमा क्षमता वृद्धि गरेन, अरबौं रुपैयाँ के गर्यो के गर्यो ।

अहिलेको युगमा सबैभन्दा अप्रिय बिषय हो – उपदेश ।उपदेशकर्ताले आफुलाई सर्बज्ञाता र आफुबाहेक अन्यलाई केहि थाहा नभएको भन्ने भ्रम रोग पालेर बसेको हुन्छ ।एकै  उपदेश पटकपटक दिंदा श्रोता वा दर्शक वाक्कदिक्क हुन्छन् भन्ने उसले बुझ्दैन । उपदेशको जति हाइ डोज हुन्छ, त्यसले त्यति नै काम गर्न छोड्छ ।

अहिलेको युग भनेको अन्तरक्रियाको युग हो ।मनोबैज्ञानिक  संबादको युग हो । हामी सबैले मैले केहि कुरा जानेको छु, मेरो कुरा सुन्नेले मैलेभन्दा धेरै कुरा जानेका हुन्छन् भन्ने मानसिकता बिकास गर्नु जरुरी छ ।
नागरिकलाई मास्क लगाएनन् भनेर आरोप लगाउनुको कुनै अर्थ छैन ।  राज्यले मास्क उत्पादक संस्थालाई मेसिन तथा कच्चापदार्थ ल्याउन छुट दिने, केटाकेटीको लागि कार्टुन भएका रमाइला मास्क उत्पादन गर्ने, किशोरकिशोरीको लागि फेन्सी मास्क उत्पादन गर्ने, खेलप्रेमीको लागि खेलाडीको फोटो भएका मास्क उत्पादन गर्ने, जेष्ठ नागरिकको लागि धार्मिक आस्था प्रतिबिम्बित मास्क उत्पादन गर्ने तथा ती मास्कलाई अन्त्यन्तै सस्तो मुल्यमा उपलब्ध गराउनुपर्दछ । कपडाको मास्क तथा सर्जिकल मास्कलाइ २-३ रुपैयामा उपलब्ध गराउने हो भने धेरै व्यक्तिले मास्क लगाउँछन्  । सेवा कार्यालय, चोक, निर्माणस्थल, स्वास्थ्य संस्था आदिमा निशुल्क मास्क वितरण गर्ने तथा मास्कलाई रहर र फेसनको बिषय बनाउने हो भने मास्क लगाउनेको संख्या ह्वात्तै बढ्छ ।

त्यस्तै स्यानिटाइजर र साबुनलाई सरकारले एकदम सस्तोमा उत्पादन गराएर ५-५ रुपैयामा सर्वसुलभ गराउने हो प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्नेछ । सामाजिक संघसंस्थामार्फत मास्क, साबुन तथा स्यानिटाइजर निम्न आय भएका तथा प्रयोग नभएका क्षेत्रमा निशुल्क वितरण गर्ने हो भने जनतालाई लो डोजको सल्लाहले पनि काम गर्छ ।

कर तिर्ने, लाइसेन्स तथा बिलबुक नबिकरण गर्ने, विद्युतको बिल तिर्ने, वडामा तिरो तिर्ने, मालपोतको काम, अस्पतालको पालो आदिलाई हरेक बैंकबाट तिर्न मिल्ने, फोनबाट समय लिनसक्ने र छरितो रुपमा सेवा पाउने अवस्थाको राज्य तथा सम्बन्धित निकायले ब्यबस्था गर्ने हो भने कुनै पनि व्यक्तिलाई भीड गर्नु जरुरी हुने छैन । राज्यले सयौं बर्षदेखि सामाजिक दुरीमा राखेको बर्ग व्यक्तिगत दुरी कायम गर्न अभ्यस्त छ ।  त्यस्तै भीडभाड हुने स्थान तथा गल्लीमा ब्यापार गर्नेलाई ४-५ शिफ्टको समय तालिका अनुसार खोल्ने अनुमति दिने हो भने त्यहाँको भीड घटाउन सकिन्छ । सरकारले स्थानीय निकायसंग समन्वय गरेर ससाना तर महत्वपूर्ण कुराको ब्यबस्थापन गर्न सक्छ ।

यी २ नदीको मिलन कहिले होला ?

लामा यातायात ( निजि तथा सरकारी ) लाई संक्रमणरहित बनाएर एक सिटमा एकजना यात्री राख्ने हो भने जोखिम कम हुन्छ ।  घुंडा र कुम जोडेर बस्नुपर्ने टेम्पु तथा माइक्रोबसमा सरकारले अमिन पठाएर व्यक्तिगत दुरी नाप्यो भने जनता सुरक्षित हुनेथिए । माइक्रोबसलाई एम्बुलेन्स तथा टेम्पुलाई अन्य सामान बोक्न प्रयोग गर्न सकिन्छ ।

सकभर घरभित्र बस्ने कसको मन हुँदैन र ? मुसा दौडने रित्ता भाँडा, चौबिसै घण्टा भोक लाग्ने केटाकेटी, अभावले उत्पन्न अशान्ति अनि पैसो माग्न आउने साहुभन्दा चर्का आफन्त ‘ सकभर घरभित्र ‘ बस्दैनन् । घरभित्र बसे पो हामी पनि ‘ सकभर घरभित्र ‘ बस्ने थियौं ।

समाजबाद उन्मुख संबिधान तथा कम्युनिष्ट सरकार भएको मुलुकमा गरिब तथा सर्बहारा बर्गले राहत पाउँदैनन्, सिटामोल र जीवनजल नपाएर मृत्युवरण गर्छन् तथा सरकारका परममित्र ठूला ब्यबसायीले कर र ब्याजमा सहुलियत पाउँदैनन् भने सरकार पाल्ने नागरिकको आँखामा मोतिबिन्दु लाग्न सक्छ । मोतिबिन्दु लागेका जनताले चुनाव चिन्ह नचिन्ने खतरा बढ्न सक्छ । भनिन्छ नि – एक माघले कोरोना जाँदैन, उपदेशले पेट भरिदैन ।

Tags: #Dr.Rabindra PandeyCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

नेपालमा थप ४६४ जनामा कोरोनाको संक्रमण #Covid19

Next Post

कस्ता व्यक्तिले कस्तो अवस्थामा पिसिआर परीक्षण गर्ने?

Related articles

नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित
News

नेपाल फार्मेसी संघको अध्यक्षमा युवराज भुसाल निर्वाचित

14 hours ago
781
बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न
News

बोटुलिनम टक्सिनको प्रयोगबारे विराटनगरमा प्रथम गोष्ठी सम्पन्न

2 days ago
887
राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित
News

राष्ट्रिय चिकित्सक संघको अध्यक्ष पदमा प्राडा. गौचन निर्वाचित

2 days ago
793
नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम
News

नेपाल क्यान्सर अस्पतालले गर्यो वार्षिकोत्सबको अवसरमा वाकाथन कार्यक्रम

2 days ago
788
राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै
News

राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन जेष्ठ ९ र १० गते चितवनमा हुँदै

3 days ago
784
नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार
News

नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेजमा हाइपरम्याङ्गानेसेमिया रोगको सफल उपचार

3 days ago
834
Next Post
मन्त्रालयले निजि ल्याबलाई अनुमति नदिँदा लुकिछिपी कोभिडको परिक्षण बढ्ने संभावना #Covid19

कस्ता व्यक्तिले कस्तो अवस्थामा पिसिआर परीक्षण गर्ने?

Comments 1

  1. Pingback: नेपालमा दोस्रो दिन १९ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप #Covidvaccine • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (125)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,038)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.