चितवन, ८ मंसिर २०७९
पूर्व स्वास्थ्यमन्त्री उमेश श्रेष्ठले जनताको निर्णय सबैभन्दा ठूलो भएकाले धन्यवाद दिएका छन्।
चितवन २ मा रवि लामिछानेलाई बधाई दिने क्रममा उनले जनताको निर्णय नै ठुलो कुरा हुने बताएका छन्। जनमत स्विकार्छु, रवि जीलाई बधाई छ। सबैभन्दा ठुलो कुरा जनता हुन् र जनताले विकास पाउनुपर्छ उनले भनेका छन्।
चितवन २ मा मतगणना सकिएको छ भने रवि ३४ हजार मतान्तरले जितेर घोषणा गरेका छन्।
स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्याली गर्न चाहन्न। म बिजय र्यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउण्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीकामा “धन्यवाद सभा” गर्दैछु।
एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर र खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।