घोराही, २१ साउन २०८०
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएको छ । युरोलोजीष्ट सर्जन डा. प्रबोध रेग्मीले अब देखि सो सेवा दिनु हुने भएको हो ।
प्रतिष्ठानका अस्पताल प्रशासक समेत रहनु भएका डेपुटि रजिस्ट्रार झङ्कार लामीछानेले अस्पतालमा अबदेखि युरोलोजी सेवा पनि थपिने जानकारी दिनु भयो ।
अबदेखि युरोलोजी सेवा अन्तरगत पिसाब सम्बन्धि सबै, प्रोष्टेड र किड्निमा परेको पत्थरि, पिसावको नलि, थैलिको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्नीएको, पिसाव पोल्ने, चुहीने लगायतका विभिन्न सेवाहरु विरामीहरुले प्राप्त गर्ने डा. रेग्मीले बताउनु भयो ।