दाङ , २ माघ २०७७
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा काठमाडौंपछिको मध्यपश्चिममै ठुलो र अत्याधुनिक पहिलो पटक १ सय २८ सलाइसको सीटीस्क्यान मेसिन बिहिबार देखि शुभारम्भ भइ संचालनमा आएको छ ।
सिटिस्क्यान मेसिनको उद्घाटन सामाजीक अभियन्ता, नागरिक अगुवा, नागरिक समाज दाङका संयोजक तथा दाङ जिल्ला उबासंघका पुर्ब अध्यक्ष चन्द्रराज पन्तले गर्नु भएको थियो ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि उपकुलपती प्राडा. संगीता भण्डारिको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रेडियोलोजिष्ट डा. बम बिसिले सिटि स्क्यान मेसिनको बारेमा जानकारी दिनु भयो ।त्यस्तै प्रतिष्ठानका डिन बसन्त लामिछानेले अब सिटि स्क्यान सेवा प्रभाबकारीरुपमा जनताले सेवा पाउने बताउनु भयो । अब सीटी स्क्यानका लागि बुटवल,काठमाडौ, नेपालगंञ्ज जानुपर्ने बाध्यता हट्ने भएको छ ।
त्यसैगरी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आँखा बिभागको पनि आजै उद्घाटन, नेत्र विशेषज्ञसहित आँखा विशेषज्ञ सेवा सुरु
नेपाल नेत्रज्योती संघ दाङले सन्चालन गरेको घोराही आँखा उपचार केन्द्र आजदेखि औपचारीक कार्यक्रमका बिच राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाइ स्वामीत्व र जिम्मेवारिसहित हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष कृष्ण गिरिले प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर क्षेत्रिलाई हस्तान्तरण गर्नु भयो । आजै हस्तान्तण गरिएको अस्पतालको आँखा बिभागको उद्घाटन गरिएको छ । प्रतिष्ठानकि उपकुलपती प्राडा. संगीता भण्डारिको बिशेष उपस्थितिमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले नेत्र विशेषज्ञसहितको आँखा बिभाग उद्घाटन गर्नु भयो ।
दुइ जना नेत्र विशेषज्ञ सहितको सेवा अब सर्बसाधारणले पाउने र अब आँखाको सर्जरि समेत अस्पतालमा हुने नेत्र विशेषज्ञ प्रज्ञा बस्नेतले जानकारी दिनु भयो । बस्नेतले आँखाको पोष्ट ग्रेजुएडको पढाइ पनि छिट्टै हुने बताउनु भयो ।
Comments 3