काठमाडौं, २३ बैशाख २०७९
नेपाल रेडियोलोजिष्ट एसोसिएसनको आयोजनामा वैशाख २३ र २४ गते काठमाडौंको बुढानिलकण्ठ पार्क भिलेजमा दुई दिने राष्ट्रिय सम्मेलन शुरु भएको छ।
सम्मेलनको उद्घाटनमा डा. नेत्र बहादुर अमात्यको प्रमुख आतिथ्य रहनुभएको थियो।
नेपाल रेडियोलोजिष्ट एसोसिएसनको चौथो सम्मेलन ( RADCON 2022) को मुल नारा Paving the road towards Radiology Subspecialty In Nepal रहेको छ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरु द्वारा विभिन्न कार्यपत्र प्रस्तुत भएको एसोसिएसनका अध्यक्ष प्राडा. हेन्सन खड्काले बताउनुभयो।
सम्मेलनको पहिलो दिन उद्घाटन सत्रमा विशेषज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छ। कार्यपत्रमा भारत तथा नेपालका गरी २० जना रेडियोलोजिष्टहरुले कार्यपत्र प्रस्तुत गरेका छन्।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ३ सय ५० भन्दा बढी रेडियोलोजिष्ट चिकित्सकहरुको सहभागिता रहेको एसोसिएसनका सदस्य डा. विश्वराज बस्ताकोटीले बताए।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको सहभागिता रहेको थियो।
सम्मेलनमा रेडियोलोजिष्ट सम्बन्धित विभिन्न कम्पनीका उपकरणहरुको प्रदर्शन रहेको थियो।