काठमाडौं , २५ वैशाख २०७८
नेपालल रेडियोलोजीष्ट एसोसिएसन संघको शनिबार भएको वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा प्रा.डा. हेन्सन खड्का निर्बाचित हुनुभएको छ।
त्यस्तैगरी समितिको उपाध्यक्षमा डा. अनामिका झा , महासचिवमा डा. सुन्दर सुवाल, सहसचिवमा डा. प्रसन्न घिमिरे, कोषाध्यक्षमा डा. हरि ओम जोशी, सहकोषाध्यक्षमा डा. अभिशेक शाह निर्वाचित हुनु भएको छ।
समितिको सदस्यहरुमा डा. कल्पना राई , डा. विश्वराज बस्ताकोटी र डा. तेजेन्द्र कार्की विजयी हुनुभएको छ।
कोभिड -१९ को बढ्दो खतराको कारणले यस साधारण सभा पूर्णत भर्चुअल माध्यमबाट गरिएको थियो। सभामा नयाँ कार्यसमिति गठनको लागि पूर्ण अनलाइन Voting को व्यवस्था गरिएको थियो। प्रमुख निर्वाचन अधिकृत प्रा. डा. स्वयं प्रकास पण्डित , निर्वाचन अधिकृत द्वय डा. सुजित कुमार झा र डा. सस्मिता तुलाधरको निर्वाचन समितिले सफलता पुर्वक निर्वाचन सम्पन्न गरेको छ। यस निर्वाचनमा ९९.२% जनाको सहभागिता रहेको थियो।
साथै निवर्तमान अध्यक्ष प्रा. डा. दान बहादुर कार्की नया कार्यसमितिको पदेन सदस्य रहनु भएको छ। भर्चुअल माध्यमबाट भएपनि डा. कार्कीले नयाँ कार्यसमितिलाई बधाई र सफल कार्यकालको कामना व्यक्त गर्नुभएको थियो।