काठमाडौं, २६ बैशाख २०८०
नेपाल रेडियोलोजीष्ट एसोसिएसन संघको अध्यक्षमा डा. सरोज शर्मा र महासचिवमा डा. कृष्ण बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तैगरी समितिको उपाध्यक्षमा डा. तेजेन्द्र कार्की, सहसचिवमा डा. सुबाज भट्टराई, कोषाध्यक्षमा डा. सुजन खड्का, सहकोषाध्यक्षमा डा. रोसना खड्का निर्विरोध निर्वाचित हुनु भएको छ।
समितिको सदस्यहरुमा डा. राजेन्द्र चौधरी, डा. प्रज्वल ढकाल र प्रदिप कुमार चापागाईंलाई चयन गरिएको छ।
यो नयाँ कार्यसमिति आजको मिति देखि २ वर्ष सम्मको कार्यकाल रहनेछ। यस अघिको कार्यकालको अध्यक्षमा डा. हेन्सन खड्का रहनु भएको थियो।