काठमाडौं , ०१ भाद्र २०७७
नेपालमा अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार १९८ जना छन भने कोरोना मुक्त हुनेको संख्या १७ हजार ४९५ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
क्वारेन्टाइनमा र कोरोना मुक्त हुनेको संख्या प्रदेश विवरण यस प्रकार रहेको छ।
प्रदेश न . १ मा २ हजार ३२० क्वारेन्टाइन मा छन भने कोरोना मुक्त हुनेको संख्या १हजार ११२ छ।
प्रदेश न . २ मा १ हजार ५४५ क्वारेन्टाइन मा छन भने कोरोना मुक्त हुनेको संख्या ३ हजार ७१० छ।
बागमती प्रदेशमा १ हजार ७२६ क्वारेन्टाइन मा छन भने कोरोना मुक्त हुनेको संख्या ७०२ छ।
गण्डकी प्रदेशमा ३ हजार १३१ क्वारेन्टाइन मा छन भने कोरोना मुक्त हुनेको संख्या १ हजार ५३२ छ।
प्रदेश न . ५ मा २ हजार १०७ क्वारेन्टाइन मा छन भने कोरोना मुक्त हुनेको संख्या ४ हजार २८९ छ।
कर्णाली प्रदेशमा क्वारेन्टाइनमा ६७० र कोरोना मुक्त १ हजार ९४३ छ ।
सुदुरपश्चिम प्रदेशमा ३ हजार ६८९ क्वारेन्टाइन मा छन भने कोरोना मुक्त हुनेको संख्या ४ हजार २०७ छ।