काठमाडौं, ६ साउन २०७९
नेपाल जनस्वास्थ्य विद्यार्थी संघ (NPHSS-IOM)को अहिले सम्पन्न ३३औं कार्यसमितिको चुनावमा अध्यक्षमा प्रकाश अधिकारी र महासचिवमा पारस पङ्गेनी भारी मतले बिजयी भएका छन् ।
सन १९८८ मा स्थापना भएको जनस्वास्थ्य विद्यार्थीहरुको छाता सङगठन (NPHSS-IOM), केन्द्रीय जनस्वास्थ्य विभाग अन्तर्गत वैधानिक हिसाबले प्रत्यक वर्ष विद्यार्थीहरुको नयाँ कार्यसमिति बनाउँदै आएको छ। विद्यार्थीहरुको हकहितमा साझा आवाज उठाउने NPHSS को कार्यसमितिमा ११ सदस्यिय व्यवस्था रहेको छ।
जसमध्ये प्रमुख ५ वटा पदहरु : अध्यक्ष , उपाध्यक्ष , महासचिव , सचीव र कोषाध्यक्ष पदका लागि उम्मेदवारहरु चयन भएका छन। उपाध्यक्ष पदमा बि पि एच तेस्रो वर्षकि खुस्बु यादव, कोषाध्यक्ष पदमा बि पि एच तेस्रो वर्षकी सदिच्छा ढुङ्गेल र सचिव पदमा बि पि एच पहिलो वर्षकै आशिष राना एकल उम्मेदवारी बाट स्वत निर्वाचित भएका छन्।
नव निर्वाचित अध्यक्ष अधिकारी बि पि एच चौथो वर्षमा र महासचिव पङ्गेनी वि पि एच तेस्रो वर्षमा अध्ययनरत छन।
यस चुनावमा Central Department of Public Health मा अध्य्यनरत स्नातक तह र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई मतदाताको रुपमा समावेश भएका थिए।
संयुक्त अजेण्डा लिएर अगाडि आएका अध्यक्ष अधिकारी र महासचिव पङ्गेनीले अब नयाँ कार्यसमितिले विद्यार्थीको क्षमता अभिवृद्धि, जनस्वास्थ्य व्यवसायी र विद्यार्थी बिचको सम्बन्ध, क्याम्पस र विद्यार्थी विचको सम्बन्ध सुधार लगायतका मुद्दाहरूलाई लिएर अघि आएको बताएका छन।
यस ३३ औं नयाँ कार्यसमितिले जनस्वास्थ्य विद्यार्थीको हकहितमा सधैं लागिपर्दै क्याम्पस भित्र र बाहिरका विद्यार्थीको एकजुट गराउने प्रतिवद्ता व्यक्त गरेका छन।