धनगढी, १६ माघ २०७८
नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेशको (नेफा) नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार धनगढीमा नेफाको दोस्रो वार्षिक साधारण सभाले झनकराज ढुङ्गाना अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा जानकी पराजुली मिश्र, सचिवमा अशोकराज जोशी, कोषाध्यक्षमा महेशप्रसाद विष्ट, सह–सचिवमा धनराज मिश्र चयन भएका छन्।
यस्तै, सदस्यमा देवी चन्द्र थापा, प्रकाश देउवा, लालमणी जोशी, सञ्जयबहादुर चन्द, अन्जु भट्ट र नृपबहादुर डङ्गोरा चयन भएका छन्।
नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक लालबहादुर धामीले प्रमाणपत्र वितरण गरेका थिए। सो अवधिमा निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य दयाकृष्ण पन्तले पद हस्तान्तरण गरेका थिए।
सो अवसरमा बोल्दै नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य दया कृष्ण पन्तले महामारी नियन्त्रण तथा व्यवस्थापनमा जनस्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको बताए।