काठमाडौं, २७ माघ २०७९
राजधानीको सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी सेन्टरमा बृहत निःशुल्क मुटु स्वास्थ्य शिविर हुने भएको छ । माघ २८ गते विहान ८ देखि दिउँसो ३ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।
शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजन पौडेलले मुटु सम्बन्धी सम्पूर्ण रोगेको निःशुल्क चेकजाँच गर्ने प्रोमेडले जनाएको छ । यसका लागि समयमै नाम दर्ता गराउन पनि उसले आग्रह गरेको छ । शिविरको अवसरमा प्रोमेड सेन्टले इकोमा ३५ प्रतिशत छुट, ल्याब टेष्टमा २० प्रतिशत छुट दिनुका साथै निःशुल्क इसिजी सुविधा उपलब्ध गराउने जनाएको छ।