काठमाडौं, ६ भाद्र २०७९
सिनामंगलस्थित प्रोमेड मल्टी स्पेसियालीटी क्लिनिकमा भाद्र १ देखि नियमित रूपमा निःशुल्क ओपीडी सेवा र स्वास्थ्य परीक्षण भइरहेको छ ।
प्रोमेडले भाद्र १ देखि विशेषज्ञ चिकित्सकहरुबाट नि:शुल्क ओपीडी सेवा दिइरहेकाले गएर सेवा लिन सकिनेछ। प्रामेडले बिहान साढे ८ बजेदखि बेलुका ८ बजेेेेसम्म निःशुल्क ओपीडी सेवा तथा स्वास्थ्य परीक्षण गरिरहेको हो । ओपीडी र सुगरको निःशुल्क जाँच गर्ने पनि प्रबन्ध मिलाइएको छ ।
बिहान, दिउँसो र बेलुका जनरल फिजिसियन सेवा, ग्याँस्ट्रोइन्टेरेलोजी सेवा, मुटु रोग, युरोलोजी, बाथरोग, स्त्री तथा प्रशुति सेवा, बाल रोग सम्बन्धि बहिरङ्ग सेवा निशुल्क लिन सकिने क्लिनिकका मेडिकल डाइरेक्टर जनरल फिजिसियन डा. परशुराम घिमिरेले जानकारी दिनुभयो ।
सिनियर जनरल फिजिसियन डा. विश्वनाथ कोइराला, सिनियर युरोलोजिष्ट डा. प्रतिक मान सिंह गुरुङ, फिजिसियन डा. परशुराम घिमिरे, ग्याँस्ट्रोइन्टरेलोजिष्ट डा. दिनेश कोइराला, पेडियाट्रिक र्युमेटोलोजिष्ट एवं इम्युनोलोजिष्ट डा. धर्मागत भट्टराई, वाथरोग विशेषज्ञ डा. साकेत झा लगायतका टिमबाट सेवा प्राप्त गर्न सकिनेछ ।
०१-५९१०८७५ र ९८०२३१८८२९ मा सम्पर्क गरेर निःशुल्क ओपीडी सेवा र स्वास्थ्य परीक्षण सेवा लिन सकिने प्रोमेड क्लिनिकले जानकारी दिएको छ ।
[email protected]