काठमाडौं, २७ साउन २०७९
नेपाली कांग्रेसले सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर भएर ललितपुर स्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।
अहिले गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
पार्टीका सचेतक मीनबहादुर विश्वकर्माले बिहीबार निकालेको विज्ञप्तिमा सांसद गिरिको घाँटीको क्यान्सरको उपचार गरिएको उल्लेख गरेका हुन्।
गत वर्ष साउनमा बिरामी भएपछि गिरि भारतको मुम्बई गएका थिए। उनी भारतकै अस्पतालमा उपचार गराइरहेका थिए। गिरिलाई हालै नेपाल ल्याइएको थियो।