काठमाडौं , ८ असार
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको कुल संख्या ९,५६१ पुगेको छ ।
सोमबार अपरान्ह सम्ममा थप ५३५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
आज थपिएका नयाँ संक्रमितहरु मध्ये ७४ जना महिला र ४ सय ६१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आइतबारसम्म रसुवा जिल्लामा बाहेक देशभरका ७६ जिल्लामा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
अब एक जिल्ला रसुवामा अहिलेसम्म संक्रमीत भेट्टिएको छैन । देशभर ७७८९ जना आइसोलेशनमा रहेका छ्न।