काठमाडौं , ७ असार
पछिल्लो चौविस घण्टामा देशभरका विभिन्न जिल्लाका थप ४२१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४२१ जनामा संक्रमण देखिएको बताए । जसमा ६४ जना महिला र ३५७ जना पुरुष हरेका छन् ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० जना महिला र ८ हजार २०६ जना पुरुष छन् ।
मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७५ रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १८६ जना पुरुष र ८ जना महिला छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या १ हजार ७७२ पुगेको छ। जसमा १४९जना महिला र १ हजार ६२३ जना पुरुष रहेका छन् ।
यसअघि (हिजो) ३३१ जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यसैगरी देशभरका बिभिन्न अस्पतालको आइसोलेशनमा ७ हजार २३१ जना उपचाररत छन् ।