काठमाडौं, ०५ माघ २०७८
फिजियोथेरापी पुनर्स्थापना प्रमुख उपचार पद्द्ती रही विरामीहरुको आवश्यकता अनुसार अन्य सबै पुनर्स्थापना तथा स्वास्थ्य सेवा सहितको ओपिडी तथा आई पि डी सेवा संचालन गरिरहेका फिजियोथेरापी पुनर्स्थापना केन्द्रंका संचालकहरुको आज काठमाडौंमा छलफल भएको छ।
निजी क्षेत्रले विरामीहरुको फिजियोथेरापी तथा अन्य पुनर्स्थापनाका सेवाहरु दिदै आईरहेको भएता पनि यस्ता पुनर्स्थापना केन्द्रहरु राज्य स्तरमा अझै पनि छायाँमा परेको संचालकहरु बताउँछन ।
यस्ता केन्द्रहरुलाई व्यवस्थापन र दर्ता गर्ने छुट्टै निकाय हुनुपर्छ, अर्थोप्लास्ट रिह्यब सेन्टरका संचालक समिद कतिला श्रेष्ठले भने । अहिले यस्ता केन्द्र संचालन गर्न अन्योल छ कसैलाई यसको प्रकृया थाहा छैन । पछिल्लो समय मन्त्रालय स्तरमा पुनर्स्थापना सेवाको कामहरु तिब्र गतिमा भएको भने पक्कै छ । हामी आशावादी छौ चाँडै यसमा मार्गनिर्देशन गर्ने निति नियमका दस्ताबेज अवश्य सबैले पाउने छन उनि थप्छन ।
साहारा फिजियोथेरापी अस्पतालका संचालक हरि लम्सालले फिजियोथेरापी सेवा दिदै पहिलो पटक आवासिय सेवा सुरु १५ बर्ष अगाडी गर्दाको स्मरण गर्दै अहिले देशको विभिन्न भागमा यस्तो केन्द्रहरु खुल्नुले यसको चेतना धेरै बडेकोमा खुसी व्यक्त गरे । भविष्यमा यस्ता संस्था देशैभरी खुल्नेछन त्यसको लागी सबै तहबाट सहयोग आवश्यक पर्छ उनले भने ।
युवा फिजियोहरु कौशल दास र राजेस क्षेत्री रिभाईभ फिजियोथेरापीका संचालकहरु हुन । यस्तो संस्थाहरुको हक र हितका निमित्त काम गर्न सम्पुर्ण यस्ता संस्थाहरु एक्यबद हुदै संघ बनाई सामुहिक रुपमा कामगर्नु पर्ने बताउँछन् । सामुहिकरुपमा कार्य गर्दा चाडो र प्रभावशाली हुने समेत उनीहरुले बताए ।
हालै संचालन भएको अर्पण फिजियोथेरापी रिह्याविलिटेसन सेन्टरका संचालक दिक्षा जोशीले फिजियोथेरापीको प्रचार र प्रबर्दन पछिल्लो समय धेरै भएको र यसको जनचेतना सहरी क्षेत्रमा निकै फैलिएको बताउँदै यस्तो सेवाहरुको पहुँच सबै मानिस र क्षेत्रमा हुनुपर्ने र यसमा संघले पनि काम गर्न सक्ने बताईन।
काठमाडौंका यि चार बाहेक चितवनमा, चितवन फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर, बुटवलमा नवजीवन फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर तथा धनगढी न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर रहेको छ । यि सबै फिजियोथेरापी पुनर्स्थापना केन्द्रहरु हुन जसले आवशिय र ओ पि डी फिजियोथेरापी सेवा प्रदान गर्छ । उनिहरुले यस्तो सेवा प्रदान गरिरहेका अन्य संस्था भए सम्पर्क गर्न समेत अनुरोध गरे ।
आजको छलफलबाट संघ बनाउने सहमती गरेको छ । चितवन, बुटवल र धनगढीको संस्थाहरुसंग थप छलफल गरि कार्य र भावी योजना समेत बनाउने उनिहरुले बताए।