मकवानपुर जिल्लाका ४० वटा औषधि पसलहरु बन्द गरिएको छ ।
समयमै नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । बन्द हुनेमा फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरु बन्द गरिएका हुन् ।
औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्रमा नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले बताउनुभयो।






