काठमाडौं, २९ जेठ २०७९
नेपाल फार्मेसी परिषदले लिएको १९ औं लाइसेन्स परीक्षामा ७४ प्रतिशत परीक्षार्थी फेला भएका छन् । शनिबार लिएको परीक्षामा ७८७ जना सहभागिमध्ये २०४ जनामात्र पास भएका छन् ।
पछिल्लो पटक फार्मेसी काउन्सिलले लिएको फार्मेसीको लाइसेन्स परीक्षा खस्किदै गएको देखिन्छ। नेपालमा मेडिकल काउन्सिल देखि लिएर अन्य शिक्षामा पनि गुणस्तरको शिक्षा दिएको देखिदैन।
लाइसेन्स परीक्षामा सहभागीमध्ये २५ दशमलव ९५ प्रतिशत मात्र पास हुन सफल भएका छन् ।
नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा शनिबार सम्पन्न भएको थियो । परीक्षाका लागि ८६८ जना योग्य भएपनि ८१ जना भने अनुपस्थित रहेका थिए ।