काठमाडौं , २५ श्रावण २०७७
नेपाल फार्मेसी काउन्सिलले सम्पूर्ण सेवाहरु औषधी व्यवस्था विभागको क्यान्टिन सञ्चालकको परिवामा कोरोना संक्रमण देखिएकोले आजको मितिबाट अर्को सूचना नभएसम्म को लागि सेवा बन्द गरिएको नेपाल फार्मेसी काउन्सिलका रजिष्ट्रार सञ्जीव कुमार पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार औषधि व्यवस्था विभागको क्यान्टिनमा संक्रमण देखिएकोले सम्बन्धित जोखिमबाट बच्न र बचाउनको लागि सेवा बन्द गरिएको हो। औषधि व्यवस्था विभाग परिसरमै अवस्थित छ त्यसकारण उच्च जोखिम भएकोले अर्को सूचना नआउन्जेलसम्म सेवा बन्द गरिएको हो। औषधि व्यवस्था विभाग र नेपाल फार्मेसी काउन्सिलका कर्मचारीहरुको खाजा खाने ठाउँ भएको कारणले अरुहरुलाई पनि संक्रमण फैलिन सक्ने भएकाले केही दिनका लागि सेवा बन्द भएको हो।