रुपन्देही, २७ चैत्र २०७९
नेपाल फार्मेसी संघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट किरण ढकाल निर्विरोध निर्वाचित भएका छन्। ढकालको अध्यक्षतामा ३ बर्षका लागि २३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो।
त्यस्तैगरी उपाध्यक्षमा सफिर रहमान, टेक विश्वकर्मा र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिव प्रसाद पोख्रेल, सह-कोषाध्यक्षमा विनोद पन्त निर्विरोध चयन भएका छन्।
त्यस्तैगरी सदस्यहरूमा नविन धामी, राजेश भट्ट, ध्रुव कुमार शर्मा, खगेन्द्र घिमिरे, कबिन मलेकु, गोविन्द खत्री, दिनेश विष्ट, ओमकार अर्याल, राम प्रसाद अर्याल, लक्ष्मी कुमारी केसी र रामचन्द्र कोईराला रहनुभएको छ।
संघका अध्यक्ष अमृत खनालको अध्यक्षता, लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय लिला गिरी ज्यूको प्रमुख आतित्यथा, स्वास्थ्य मन्त्रालयका वरिष्ठ फार्मेसी व्यवस्थापक तथा औषधी व्यवस्था विभागका पुर्व महानिर्देशक नारायण ढकालको विशिष्ट आतित्यथा, वरिष्ठ फार्मासिष्ट बाबूराम हुमागाई, वरिष्ठ फार्मासिष्ट विवेक सिङ महत, औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ, लिष्ट कलेजका निर्देशक बसन्तराज खनाल, मायादेवि कलेजका निर्देशक चिरञ्जीवी जोशी, क्रिमशन अस्पतालका संचालक सुरज भट्टराई, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
उपाध्यक्ष किरण ढकालको स्वागत र युवराज भूषालको संचालनमा सम्पन्न महाधिवेशनले फार्मेसी सेवा पुर्याएको योगदानको कदर गर्दै औषधी व्यवस्था विभागका पुर्व महानिर्देशक तथा वरिष्ठ फार्मासिष्ट नारायण ढकाल, वरिष्ठ फार्मासिष्ट बाबूराम हुमागाई र वरिष्ठ फार्मासिष्ट विवेक सिङ महतलाई सम्मान गरेको थियो।