काठमाडौं, २६ असोज २०८०
नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन्।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए।
५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो। सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले ४७, प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वी राजभण्डारी ४३ मत पाएका छन्।
त्यस्तैगरी उपाध्यक्षमा सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र गिरिराज पाठकले समान ३९ मत पाएर निर्वाचित भएका छन्। दीपक कुमार तिव्डेवालले ३८ मत पाएर निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यमा प्रतिस्पर्धा गरेका ईश्वरकुमार भण्डारी र सजलराज रेग्मी भने पराजित भएका छन्।
संघको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गरिनेछ।