धनुषा ,१६ चैत्र २०७७
नेपाल औषधि थोक व्यवसायीहरुको साझा संस्था पिडानको धनुषा शाखा विस्तार भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विबिध रुपमा शाखा सञ्चालनको अनुमति दिएसंगै शाखाको तर्दथ कार्यसमिति संरचना विस्तार भएको हो ।
नेपाल औषधि थोक व्यवसायी संघको हकअधिकारका लागि निरन्तर क्रियाशील संघको साङ्गठनिक संरचना विस्तारसंगै धनुषाका सम्पूर्ण औषधि थोक व्यवसायी वृतमा नयाँ उमंग सिर्जना भएको संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले बताउनुभएको छ।
प्रमोद कुमार अग्रवालको अध्यक्षतामा विस्तारित संघको संस्थागत संरचनाका उपाध्यक्ष ,महासचिव, सचिव र कोषाध्यक्षमा क्रमस गणेश प्रसाद शाह, मनोज कुमार शाह, प्रमोद ठाकुर, राजकिशोर शाह रहेका छन ।
त्यस्तै कार्य समिति सदस्यहरुमा रमेश कमार शाह, अखिलेश कुमार शाह, अभिषेक सुरेका, अमित अग्रवाल, सञ्जय जलान र सञ्जीव कुमार जयसवाल रहेका छन ।