काठमाडौं, ११चैत २०७८
बिदेशबाट कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको छ ।
अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान काठमाडौँ आइपुगेको हो ।
अमेरिकी सरकारले नेपाललाई ९२ लाख डोज खोप दिने घोषणा गरेको छ । खोप १२ वर्ष भन्दा माथिका नगरिकलाई दिइने छ ।
नेपालमा हालसम्म ९३.१ प्रतिशतलाई कोराना भाइरसविरुद्धको खोप लगाइएको छ । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ ।
चीनले हालसम्म् सिनोफार्म कम्पनीको भेरोसेल खोप पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको छ ।