चितवन , ११ श्रावण
नेपाल औषधिगत बिक्री प्रबन्धक संघ (पीन) चितवनमा ईन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा ईश्वरी ढकाल, सचिवमा प्रकाश सुवेदी, सहसचिवमा अर्जुन पौडेल, कोषाध्यक्षमा रमेश पौडेल र सहकोषाध्यक्षमा बिराज खनाल चयन भए ।
सदस्यहरुमा सुदर्शन सुवेदी, उषा भण्डारी, अमित आचार्य, अमृत नारायण श्रेष्ठ, प्रकाशसिंह विष्ट र गणेश अधिकारी चयन भएका छन् ।