काठमाडौं, १३ फागुन २०७८
वैदेशिक रोजगारीमा जाने सबै कामदारहरुको पिसीआर परिक्षण गर्दा निशुल्क हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्री स्तरीय निर्णयबाट पीसीआर निशुल्क गर्ने निर्णय भएको
स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार शान्ताराम विडारी बताउनु भयो ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट श्रमिकहरुको निशुल्क पिसीआर परीक्षण हुनेछ ।
निशुल्क परीक्षणका लागि श्रमिकले वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नु स्वास्थ्य मन्त्रालयले जनाएको छ ।