काठमाडौं , ७ जेठ
कोभिड १९ को लक्षण देखिएका र क्वारेन्टाइनमा रहेका ब्यक्ति हरुलाई सरकारले नै करिब रु १५ हजार लाग्ने पीसीआर परीक्षण निशुल्क गर्दै आएको छ। निशुल्क पीसीआर परीक्षण अहिले नेपालको १९ ठाउँबाट भइरहेको छ र भइराख्ने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा सार्वजनिक स्वास्थ्य संस्थालाई पनि परीक्षण गर्न दिइने भएको हो ।
कोभिड १९ को लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले पनि शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् । मन्त्रालयका विज्ञ सल्लाहाकार डा.खेम कार्कीले पहिलो चरणमा सार्वजनिक संस्थालाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई पनि स्विक्रिति दिने बताए ।