काठमाडौं ,१४ भाद्र २०७७
सरकारले कोरोना भाइरस परीक्षणमा तिनुपर्ने शुल्क १ हजार १ सय रुपैयाँले घटाएको छ । स्वास्थ्य मन्त्रालयले आजै देखि लागू हुने गरी नयाँ शुल्क बढीमा ४ हजार ४ सय रुपैयाँ तोकेको छ ।
यसअघि कोरोना परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ थियो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले परीक्षणका लागि आवश्यक सरसामानको मूल्य घटेसंगै परीक्षण शुल्क समायोजन गरिएको बताए । ‘परीक्षणका लागि चाहिने किटहरु पहिले विश्व बजारमै महंगो थियो, तर अहिले सस्तो हुदै गएको छ । यो अवस्थामा शुल्क पनि समायोजन गर्नुपर्ने देखियो र हामीले नयाँ परीक्षण शुल्क ४ हजार ४ सय तोकेकाको डा.अधिकारीले बताए।
यो सँगै मन्त्रालयले ९ वटा सरकारी र ११ वटा निजी प्रयोगशालामा गरी कुल २० वटा प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्ने अनुमति दिएको छ ।