आज मिति : २०८२ पुष ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कान्तिबाललाई काठमाडौं महानगरपालिकाले उपलब्ध गरायो १ थान पिसिआर मेसिन

Nam Raj Bhatta by Nam Raj Bhatta
November 2, 2020
in News
A A
1
कान्तिबाललाई काठमाडौं महानगरपालिकाले उपलब्ध गरायो १ थान पिसिआर मेसिन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १७ कार्तिक २०७७

काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डा. कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सो मेसिन हस्तान्तरण गरिएको हो । करीब रु १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि सम्वोधन गर्दै प्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गर्नुभयो । ‘भगिनी सम्वन्ध स्थापित भएका विभिन्न नगरहरुले काठमाडौँ महानगरपालिकालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामाग्री चरणबद्ध रुपमा हामीले सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘सेवा कस्ले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ । यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम हो ।’

पिसिआर मेसिन हस्तान्तरण गर्दै गरेको तस्बिर
पिसिआर मेसिन हस्तान्तरण गर्दै

शाक्यले यस अघि पनि काठमाडौं महानगरपालिकाले थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षणका लागि पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो । अहिले सो अस्पतालले त्यहाँ उपचाररत विरामीलाई त्यहि मेसिनबाट सेवा दिइरहेको छ । ‘कान्ति बाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको यो प्रारम्भिक चरण हो,’ उहाँले भन्नुभयो, ‘तपाईँहरुले त्यहाँ उपचाररत बालबालिकालाई राम्रो सेवा दिनुहोस् । काठमाडौँ महानगरपालिका थप सहयोग गर्न तयार छौँ ।’

शाक्यले काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा यस अघि पनि धेरै काम गर्दै आएको जानकारी दिनुभयो । ‘यस अघि पनि हामीले कान्तिबाल अस्पताललाई अक्शिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेका छौँ,’ उहाँले भन्नुभयो ।’
कार्यक्रममा बोल्दै कान्तिबालका निर्देशक डाक्टर पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाठौँ महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताउनुभयो । ‘हामी अहिले कोभिडविरुद्धको लडाईँमा छौँ,’ उहाँले भन्नुभयो, ‘यस्तो बेलामा काठमाडौँ महानगरपालिकाले निकै ठूलो सहयोग गरेको छ । अब एक हप्ता भित्रमा हामी सेवा सुरु गर्ने छौँ ।’

डा. पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परिक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने बताउनुभयो । ‘अहिलेसम्म कान्ति बालमा ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको छ,’ उहाँले भन्नुभयो, ‘आजसम्मको तथ्याङ्क हेर्ने हे भने १ जना मात्रै कोरोना पोजेटिभका विरामी रहेका छन् । अहिलेसम्म दुई जनाले कोरोेनाका कारण ज्यान गुमाएका छन् ।’

काठमाडौं महानगरपालिकाले गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई कोभिड – १९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका सामाग्रीमध्ये केही सामाग्री ती दुई अस्पताललाई हस्तान्तरण गरेको थियो ।
त्यतिबेला पनि महानगरपालिकाले वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पिपिइ) ५ सय थान हस्तान्तरण गरेको थियो ।

त्यसैगरी प्रसुति तथा स्त्री रोग अस्पताललाई पिसिआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पिपिइ ५ सय थान हस्तान्तरण गरेको थियो ।

Tags: # PCR machine#Health and population ministryCorona Virus #Covid19Dr.krishna paudelKathmandu municipalityVidhya Sundar shakya
Nisarga hospital Dhangadhi
Previous Post

भरतपुर अस्पतालका अध्यक्ष डा.अधिकारी कोरोना मुक्त #Covid19

Next Post

दुबै मृगौला फेल भएका सागर भन्छन : म बाँच्न चाहन्छु, मलाई बचाइदिनुहोस

Related articles

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा. मरासिनी
News

राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा. मरासिनी

8 hours ago
1.6k
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल नियुक्त
News

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल नियुक्त

12 hours ago
1.6k
चिकित्सक संघको निर्वाचन: यी हुन् डा.  मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
News

चिकित्सक संघको निर्वाचन: यी हुन् डा.  मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु

14 hours ago
1.6k
यी हुन डा. बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु #NMA
News

यी हुन डा. बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु #NMA

14 hours ago
1.6k
News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

3 days ago
1.6k
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

3 days ago
1.6k
Next Post
दुबै मृगौला फेल भएका सागर भन्छन : म बाँच्न चाहन्छु, मलाई बचाइदिनुहोस

दुबै मृगौला फेल भएका सागर भन्छन : म बाँच्न चाहन्छु, मलाई बचाइदिनुहोस

Comments 1

  1. Pingback: महानगरपालिका द्वारा क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई भेन्टिलेटर सहयोग • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,341)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...